Meta tags:
Headings (most frequently used words):
वित्तीय, ग्राहक, संरक्षण, गुनासो, दर्ता, गर्ने, प्रक्रियाः, देहाय, अनुसारका, गुनासाहरु, यस, इकाईबाट, सम्बोधन, हुने, छैन,
Text of the page (most frequently used words):
गुनासो (12), #वित्तीय (12), दर्ता (8), गुनासोहरु (7), गर्ने (7), प्राप्त (6), बैंकबाट (5), तथा (5), सेवा (5), इजाजतपत्र (4), अनुमतिपत्र (4), सम्बन्धित (4), complaint (3), गुनासोको (3), स्थिति (3), सम्बोधन (3), विवरण (3), गर्न (3), ग्राहक (3), संरक्षण (3), nepal (2), rastra (2), bank (2), track (2), अन्य (2), कुनै (2), सम्पर्क (2), इमेल (2), यहाँ (2), गरी (2), ग्राहकलाई (2), मर्का (2), पर्न (2), grievance (2), management (2), system (2), copyright, 2026, department, all, rights, reserved, lodge, संस्थाका, कर्मचारीहरुको, संस्थासँग, अपमानजनक, घृणा, द्वेष, बुझाउने, प्रकृतिका, संस्थाहरु, बाहेकका, संस्थाहरुको, निकायलाई, गरिएको, पनि, अदालत, न्यायधिकरण, मध्यस्थतामा, विचाराधीन, अस्पष्ट, अपूर्ण, भएका, गुनासोकर्ताको, नाम, गलत, गुनासोकर्तालाई, नसकिने, देहाय, अनुसारका, गुनासाहरु, इकाईबाट, हुने, छैन, अन्तिम, जवाफ, निर्णय, इमेलमा, समाधानको, थाहा, पाउन, यसै, पोर्टलको, राखी, जानकारी, गर्दा, संग, सम्पूर्ण, कागजात, सहित, मार्फत, प्रदायक, बाट, नभएमा, समाधान, चित्त, नबुझेमा, सोझै, नेपाल, राष्ट्र, बैंकमा, पेश, गर्नुपर्ने, प्रकृतिको, भएमा, आफुले, लिइरहेको, लिन, चाहेको, प्रदायकमा, प्रक्रियाः, प्रदायकले, प्रवाह, सेवाहरु, प्रचलित, कानुन, जारी, गरिएका, निर्देशन, परिपत्र, सूचनाको, अधीनमा, रही, सबै, प्रकारका, निष्पक्षता, विश्वसनीयता, पारदर्शीता, सुनिश्चित, किसिमको, नदिने, गएमा, सोको, समुचित, सुनुवाइ, उचित, व्यवस्थापन, बैंकको, गभर्नरको, कार्यालय, अन्तर्गत, समावेशिता, महाशाखामा, रहेको, लिई, कारोवार, गरिरहेका, प्रदायकका, ग्राहकको, इकाईको, क्षेत्राधिकारमा, पर्दछ, इकाई, contact, guidelines, home, nrb,
Text of the page (random words):
nrb grievance management system nepal rastra bank grievance management system home guidelines contact वित्तीय ग्राहक संरक्षण यस बैंकबाट इजाजतपत्र अनुमतिपत्र प्राप्त वित्तीय सेवा प्रदायकले प्रवाह गर्ने वित्तीय सेवाहरु प्रचलित कानुन तथा यस बैंकबाट जारी गरिएका निर्देशन परिपत्र सूचनाको अधीनमा रही सबै प्रकारका ग्राहकलाई निष्पक्षता विश्वसनीयता र पारदर्शीता सुनिश्चित गर्न तथा ग्राहकलाई कुनै किसिमको मर्का पर्न नदिने र मर्का पर्न गएमा सोको समुचित सुनुवाइ गरी उचित व्यवस्थापन गर्न यस बैंकको गभर्नरको कार्यालय अन्तर्गत वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखामा वित्तीय ग्राहक संरक्षण इकाई रहेको छ यस बैंकबाट इजाजतपत्र अनुमतिपत्र लिई कारोवार गरिरहेका वित्तीय सेवा प्रदायकका वित्तीय ग्राहकको गुनासो यस इकाईको क्षेत्राधिकारमा पर्दछ गुनासो दर्ता गर्ने प्रक्रियाः १ आफुले वित्तीय सेवा लिइरहेको वा लिन चाहेको सम्बन्धित वित्तीय सेवा प्रदायकमा गुनासो दर्ता गर्ने २ सम्बन्धित वित्तीय सेवा प्रदायक बाट गुनासो सम्बोधन नभएमा वा गुनासो समाधान चित्त नबुझेमा वा सोझै नेपाल राष्ट्र बैंकमा पेश गर्नुपर्ने प्रकृतिको गुनासो भएमा यहाँ गुनासो दर्ता गर्ने ३ यहाँ गुनासो दर्ता गर्दा गुनासो संग सम्बन्धित सम्पूर्ण विवरण तथा कागजात सहित गुनासो दर्ता गरी दर्ता नं इमेल मार्फत प्राप्त गर्ने ४ गुनासो समाधानको स्थिति थाहा पाउन यसै पोर्टलको track complaint गुनासोको स्थिति मा दर्ता नं राखी जानकारी प्राप्त गर्ने ५ गुनासोको अन्तिम जवाफ निर्णय इमेलमा प्राप्त गर्ने देहाय अनुसारका गुनासाहरु यस इकाईबाट सम्बोधन हुने छैन १ गुनासोकर्ताको नाम सम्पर्क नं इमेल तथा अन्य विवरण गलत भई गुनासोकर्तालाई सम्पर्क गर्न नसकिने गुनासोहरु २ अस्पष्ट र अपूर्ण विवरण भएका गुनासोहरु ३ कुनै पनि अदालत न्यायधिकरण वा मध्यस्थतामा विचाराधीन गुनासोहरु ४ अन्य निकायलाई सम्बोधन गरिएको गुनासोहरु ५ यस बैंकबाट इजाजतपत्र अनुमतिपत्र प्राप्त वित्तीय संस्थाहरु बाहेकका संस्थाहरुको गुनासोहरु ६ अपमानजनक घृणा वा द्वेष बुझाउने प्रकृतिका गुनासोहरु ७ यस बैंकबाट इजाजतपत्र अनुमतिपत्र प्राप्त वित्तीय संस्थाका कर्मचारीहरुको सो संस्थासँग सम्बन्धित गुनासोहरु lodge a complaint गुनासो दर्ता track complaint गुनासोको स्थिति copyright 2026 it department nepal rastra bank all rights reserved
|